पोखरामा डुबानमा फसेका २ बालबालिकासहित ४ जनाको सकुशल उद्धार

पाेखरा | असार २६, २०८१

पोखरामा डुबानमा फसेका २ बालबालिकासहित ४ जनाको सकुशल उद्धार Photo: APF

पोखरा:   अविलर वर्षाका कारण पोखरा महानगरपालिका–२७ दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारको ४ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । 


गुल्मी स्थायी घर भई पोखरा–२७ सत्यारज ढकालको घरमा भाडामा बस्दै आएका एकै परिवारका ४ जना डुबानमा परेका थिए ।  


अविरल वर्षाका कारण पोखरा–२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुबानमा फसेका ४ जनाको सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण पोखराबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो ।


सशस्त्र प्रहरी बलको टोलीले डुबानमा फसेका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६वर्षीय आयुष अधिकारी र ४ वर्षीय आयुष्का अधिकारीलाई सकुशल उद्धार गरेको हो । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्